सेवा निवृत तथा स्वेच्छिक अवकास लिएका शिक्षकहरु सम्मानित

सेवा निवृत तथा स्वेच्छिक अवकास लिएका शिक्षकहरु सम्मानित

कुुरिनटार, २२ भदौ । चितवनको इच्छाकामना गाउँपालिकामा कर्मचारी दिवस तथा ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा सर्वशान्ति मावि कुरिनटारमा एक कार्यक्रमकाबीच मनाइएको हो ।

सो अवसरमा , सेवानिवृत तथा स्वेच्छिक अवकास लिएका शिक्षकहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । साथै एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरु तथा इच्छाकामना स्तरिय विद्यार्थी हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई पनि सम्मान गरिएको गाउँपालिका शिक्षा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले देशको समृद्धि र सकरात्मक परिवर्तनका लागि शिक्षकको भुमिका महत्वपूण हूने बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि निजि र बालविकास शिक्षकलाई गाउँपालिकाले तलब बृद्धि गरिएको बताउनुभयो । शिक्षकहरुले आफ्नो कर्तव्य इमान्दारीका साथ निभाएको खण्डमा सार्वजनिक विद्यलायको शैक्षिक गुणस्तरमा सुधार आउने बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ , प्रशासकिय प्रमुख नरहरि सापकोटा , शिक्षा प्रमुख दुर्गादेवी खड्का ,प्रवक्ता सावित्रि गुरुङ, शिक्षक संघ ,सङ्गठन तथा महासङ्घका प्रतिनिधिहरु ,राजनितिक दलका प्रतिनिधि, संस्थागत तथा सार्वजनिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु लगायतको सहभागिता रहेका थिए ।
कार्यक्रम स्वास्थ्य प्रमुख धनकुमार खड्काले संचालन गर्नुभएको थियो ।