चितवनमा एक वर्षमा डेढ सयले गरे आत्महत्या

चितवनमा एक वर्षमा डेढ सयले गरे आत्महत्या

चितवन :  गत साउन २० गते साँझ चितवनको नारायणगढस्थित एक होटलमा पत्रकार शालिग्राम पुडासैनी झुण्डिएर आत्महत्या गरेको घटनाले निकै चर्चा पायो । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । गत आर्थिक बर्ष जिल्लामा १५९ जनाले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक शालिकराम शर्माले जानकारी दिए ।

आत्महत्यामा सबैभन्दा बढि झुण्डिएर १३५ जना, बिष सेवन गरेर २२ जना, हामफालेर १ र औजार हतियारको प्रयोग गरी १ जनाले आत्महत्या गरे । आत्महत्या गर्नेमा पुरुष ९२, महिला ५३, बालक ५ र बालिका ९ जना छन् ।

अघिल्लो आर्थिक बर्षमा भन्दा गत आर्थिक बर्षमा २० जना बढीले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताए । अघिल्लो आर्थिक बर्षमा १३९ जनाले आत्महत्या गरेका थिए । गत बर्ष सबैभन्दा बढी १६ देखि २५ बर्षसम्मका सबैभन्दा बढी ४७ जनाले र २६ देखि ३५ बर्ष उमेर समूहका ३१ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरुमा डिप्रेसनको कारणले आत्महत्या गर्नेहरु ४८ जना रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।