मझिमटारमा असोज ७ गते देखि दशैँ महोत्सव हुने

मझिमटारमा असोज ७ गते देखि दशैँ महोत्सव हुने

मझिमटार : प्रथम मझिमटार दशैँ महोत्सव २०७६ असोज ७ गते देखि हुने भएकोछ । हाइवे स्पोर्टस क्लब जोगिमारा मझिमटारको आयोजनामा महोत्सव हुने भएको हो ।
समृद्धि मझिमटार, हाम्रो चाहना भन्ने मुल नराका साथ असोज ७ गते देखि १८ गते सम्म १२ दिन चल्ने महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन र विक्रीका साथै विभिन्न जातजातीका कला सांस्कृतिक झाँकीहरु मुख्य आकर्षण रहने छन् ।
महोत्सवमा डान्स आईडल ,राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रश्तुती, बाल उद्यान लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरु हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवको सहयोगी संस्थाहरुमा पौरखी महिला बहुउदेश्यिय सहकारी संस्था, प्रगती आमा समूह, मझिमटार बजार व्यवस्थापन समूह, किशोरी समूह मझिमटार, बुद्ध भगेँरी आमा समूह, जोगीमारा साकोस , सक्रिय साना किसान समूह र जनएकता क्लब जबाङ
रहेका छन् । महोत्सवको संरक्षक वेनीघाट रोराङ गाउँपालिका रहेको छ ।
महोत्सवको मिडिया पार्टनरका रुपमा इच्छाकामना एफएम कुरिनटार,  रेडियो धादिङ  र प्रदेश संचार  रहेका छन् ।