पत्रकार पुडासैनी मृत्यु प्रकरणः चितवन अदालतमा रविका साँचीको बकपत्र आजबाट सुरु

पत्रकार पुडासैनी मृत्यु प्रकरणः चितवन अदालतमा रविका साँचीको बकपत्र आजबाट सुरु

चितवन ः जिल्ला अदालत चितवनमा शालिकराम पत्रकार  पुडासैनी मृत्यु प्रकरणको बकपत्र आजदेखि सुरु हुने भएको छ । घटनाको मुचुल्का बनाउने क्रममा रहेका साँची र जाहेरबालाको बकपत्रका लागि आज रबि सहित तीनै जना अदालत उपस्थित हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनसिंगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो भने नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले भदौं ९ गते रिहा गरेको थियो ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० मा अनुसन्धानको लागि पक्राउ गरेको थियो ।