चितवनमा दुर्घटनामा परि मोटरसाईकल चालकको मृत्यु

चितवनमा दुर्घटनामा परि मोटरसाईकल चालकको मृत्यु

चितवन : चितवनमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपरासीबाट काठमाडौँ जादैँ गरेको लु २ ख ६९० नम्बरको ट्रकमा सोही दिशा तर्फ जादै गरेको ना ४४ प ५१७ नम्बरको मोटरसाईकल आफै अन्यीन्त्रीत भई गएराति ९।१० बजे भरतपुर महानगरपालिका – १ रामनगर खानेपानी टयाङकी ओरालोमा ट्रकको पछाडीको भागमा ठोक्कीदाँ मोटरसाईकल चालक रामनगर बस्ने २३ वर्षीय आरुश रेग्मीको उपचारको क्रममा नयाँ मेडीकल कलेजमा मृत्यु भएको हो ।

रेग्मीको शव पोस्मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएकोे छ । ट्रक र चालकलाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।