टिभिएस मोटरसाइकलको शोरुम पश्चिम चितवनको पार्वतीपुरमा पनि

टिभिएस मोटरसाइकलको शोरुम पश्चिम चितवनको पार्वतीपुरमा पनि

सुमन सुवेदी भरतपुर ,

बिश्व चर्चित ब्रान्ड टिभिएस मोटरसाइकलको पश्चिम चितवनको लागि आधिकारिक बिक्रेता अविशा इन्टर्प्राइजेजले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुरमा साखा बिस्तार गर्ने भएको छ।

पछिल्लो क्रममा नेपाली ग्राहकहरुको रोजाइमा पर्दै आएको टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेताको रुपमा बिगत ३ बर्ष देखि सेवा प्रदान गर्दै आएको अविशा इन्टरप्राजेजले भरतपुर महानगरपालिकाको वडानम्बर २० चनौली बजारमा ग्राहक बाट आएको राम्रो प्रतिक्रिया पछि अझ टिभिएस ब्राण्डको ग्राहक लाई थप सुबिधा मिलोस भन्ने उदेश्यका साथ  भरतपुर २१ पार्वतीपुरमा साखा बिस्तार गर्न लागिएको अविशा इन्टर्प्राइजेजका प्रबन्ध निर्देशक विकास घिमिरेले बताउनु भएको छ।

यहि असोज १२ गते पार्वतीपुर साखाको उद्घाटन सङै त्यस क्षेत्रका ग्राहक हरुले सर्वशुलभ मुल्यमा टिभिएस ब्राण्डका सम्पुर्ण मोटरसाइकल तथा स्कुटर पार्वतीपुर बाटै प्राप्त गर्न सक्ने छन। हिन्दु  नेपालीहरुको महान् चाड विजया दशमीलाई मध्य नजर गर्दै टिभिएस दसैको दौड स्किम समेत लेराएको अविशा इन्टरप्राइजेजले जनाएको छ। जुन स्किम अन्तर्गत जुन कुनै टिभिएस ब्राण्डको बाइक खरिद पुर्वनै एक लाख सम्म जित्न सकिने तथा खरिद पछि पनि १००% क्यास ब्याक र संस्थागत रुपमा खरिद गर्नेलाइ बिशेश थप छुट तथा अन्य आकर्षक पुरस्कार हरु समेत जित्न सक्ने छन।