गोरखा सहितका जिल्लाहरुमा भूकम्पको धक्का महसुस

गोरखा सहितका जिल्लाहरुमा भूकम्पको धक्का महसुस

असोज ९ । आज साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।