अंन्तरवार्ताकै क्रममा हातहालाहाल ज्ञानेन्द्र साही प्रहरी नियन्त्रणमा
राजाबादी भनेर प्रख्यात भएका आफुलाइ भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र बहादुर साहिलाइ प्रहरिले नियन्त्रणमा लिएको छ।
हिजो मन्त्री योगेश भट्टराईलाई प्लेन ढिलो गराएको भनी विमान स्थलमै बेइज्जत गराएको भनी सामाजिक संजालमा छाएका साहीले सोही विषयमा आफ्नो अन्तरवार्ता दिन युटुब पत्रकार हरु लाइ कुपोन्डोल स्थित स्थिति सिटि क्याफेमा भेला गराएका थिए।
प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए । ‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ?,’ युवाहरूले उनलाई प्रश्न गरेका थिए, ‘तपाईं झुट र ढोंगी हो, तपाईं एसएलसी फेल हो कि होइन ?’
शाहीले उत्तर दिए पनि उनको कुरै नसुनी उनीमाथि एकोहोरो प्रश्न तेर्स्याएका थिए । आफूलाई विद्यार्थी भन्ने केही युवाले शाहीमाथि हातपात गरेका थिए ।
नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए । तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले कुपण्डोलमा पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलन चलिरहेकै बेला प्रहरी सिटि क्याफे पुगेको थियो । शाहीलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले शाहीलाई जावलाखेलमा राखेकाे छ ।
