चितवनमा बस दुर्घटना हुदाँ ३८ जना घाईते, एकको अवस्था गम्भिर

चितवनमा बस दुर्घटना हुदाँ ३८ जना घाईते, एकको अवस्था गम्भिर

कुरिनटार, २२ असोज । चितवनमा बस दुर्घटना हुदाँ ३८ जना घाईते भएका छन् । काठमाण्डौबाट सर्लाहीको मलंगावा तर्फ जादैँ गरेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस भरतपुर महानगर १२ आस्था चोकमा गएराती १२ ः ३० बजे दुर्घटना हुदाँ ३८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस आफै अनियन्त्रीत भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाईतेहरुको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेज उपचार भईरहेको छ ।
घाईते मध्य २७ जनाको अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि समान्य घाईते भएका छन् । अन्दाजी ४५÷४६ जना सवार सो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।