नेकपा चितवनको शुभकामना आदानप्रदान कार्यक्रम असोज ३० गते

नेकपा चितवनको शुभकामना आदानप्रदान कार्यक्रम असोज ३० गते

चितवन, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले यही असोज ३० गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

नेपालीको महान् पर्व २०७६ सालको दसैँ, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा शुभकामना कार्यक्रम गर्न लागिएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा असोज ३० गते बिहान १० बजेबाट सुरु हुने शुभकामना आदानप्रदान कार्यक्रम नेकपा पार्टी कार्यालय कृष्णपुरमा हुने जनाइएको छ ।