अबको लडाई विकास र समृद्धिका लागि : मन्त्री लामा

मुग्लिन : तीन नम्बर प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दवा दोर्जे लामाले अवको लडाई समृद्धि र विकासका लागि रहेको बताउनुभएको छ । आज मस्र्याङदी बहुउदेश्यीय सहकारी संसथा लि मुग्लिन १९ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री लामाले अव राजनितिक लडाई सकिएको भन्दै समृद्धिको लडाई लड्नु पर्ने बताउनुभएको हो । उहाँले राजनितिक परिवर्तनका धेरै लडी सकेको र राणा शासान निरंकुश राजतन्त्र समाप्त भईसकेको अवस्थामा अब सबै एक भएर समृद्धिका लागि अघी बढ्नु पर्ने बताउनुभयो ।
विकास र समृद्धिका लागि राजनिति गर्नु नहुने उहाँको भनाईछ । मन्त्री लामाले भन्नुभयो, मुलुकमा राणा शासन, निरकुश राजतन्त्र समाप्त भईसेको छ अब राजनतिक लडाई होईन समृद्धि र विकासको लडाई हो , निर्वाचनका बेला संगठन निर्माणका बेला राजनिति गरौँला ।उहाँले मस्र्याङ बहुउदेश्यिय सहकारी संस्थाले जनस्तरमा गरेको कामको प्रशंसा गर्नुभयो ।
यसैबीच विशिष्ट अतिथि प्रदेश नम्बर तीनका कृषि तथा शिक्षा समितिका सभापति प्रदेशसभा सदस्य घनश्याम दाहाल अविनासले सहकारीबाट देशको समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले सहकारीहरु नियम संगत चल्नु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले सर्वसहमतीले सहकारी ऐन निर्माण गरिएको बताउनुभयो । आफु सभापती रहेको समितिमा कुनै विवाद नरहेको बताउनुभयो ।
गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको विकासका लागि सहकारी हरुसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि.का अधयक्ष तेज बहादुर शेरचनले हाल सम्म यस सहकारीमा १ हजार ७ सय ४५ जना शेयर सदस्य रहेको बताउनुभयो । यस संस्थामा ३ करोड ६५ लाख शेयर पुँजी संकलन रहेको बताउनुभयो । अहिले सहकारी ३५ लाख सम्म कर्जा उपलब्ध गराउन सक्षम भएको बताउनुभयो । संस्थाले बचत तथा ऋण, विद्युत सेवा वितरण,लघुवित्त कार्यक्रम मनी ट्रान्सफर सेवा,कृषि तथा पशु फार्म रिचार्ज सेवाहरु जस्ता सोवका साथै सदस्यहरुका लागि सामाजिक सांस्कृतिक र सामुदायिक विकास कार्यक्रम, क्षमता वृद्धि तालिम जस्ता महत्वपूर्ण कामहरु समेत संचालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रदशे तीनका प्रदेश सभा सदस्य विजय सुवेदी, गाउँपालिका उपाध्यक्ष कृतिकुमानर श्रेष्ठ, बहुउदेश्यि सहकारी संघ चितवनका अध्यक्ष दिनेश कुमार चुके राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थित रहेका थिए । कार्यक्रममा सचिव खुमप्रसाद पन्तले संस्थाका प्रगती विवरण आगमी आर्थिक बर्ष ७६÷७७ को कार्यक्रम प्रश्तुत गर्नुभएको थियो । साथै कोषाध्यक्ष ज्ञानुदेवी पाण्डेले संस्थाको आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष तेज बहादुर शेरचनको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका सहसचिव तथा प्रवन्धक कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका उत्कृष्ट सदस्य उद्यमी, समाजसेवी तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
