नेकपा इच्छाकामना ४ ले गरे खेलाडीलाई जर्सी र बल सहयोग

नेकपा इच्छाकामना ४ ले गरे खेलाडीलाई जर्सी र बल सहयोग

कुरिनटार : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामना वडा नम्बर ४ ले खेलाडीहरुलाई बल र जर्सी सहयोग गरेका छन् । आज एक कार्यक्रमकाबिच सोता यूवा क्लब सोतालाई एक थान बल र ११ जना खेलाडीलाई जर्सी सहयोग गरिएको वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेतीे जानकारी दिनुभयो ।
नेकपा जिल्ला सदस्यहरु, नारायण अधिकारी , प्रताप गुरुङ, दान बहादुर गुरुङ , सावित्रा सिलवाल ,जुनाराज भण्डारी लगायतको आतिथ्यमा जर्सी बल हस्तान्तरण गरिएको हो ।