स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु,चालक गम्भिर घाईते

स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु,चालक गम्भिर घाईते

चितवन   :  चितवनमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुरबाट मंगलपुर तर्फ जादैँ गरेको ना.३६.प.९३२४ नं को स्कुटरले गएराती ८:२० बजे भरतपुर महानगरपालिका वडा नम्बर ५ को पंचरत्नचोक स्थित भित्रि सडकमा ठक्क दिदाँ घाईते भएका नाम थर वतन नखुलेका अन्दाजी ४०÷४५ बर्षका एक पुरुषको उपचारको क्रममा गएराती नै ८ :४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।उनको शवलाई सोही अस्पतलमा राखिएको छ ।
ठक्कर दिने स्कुटर चालक नवलपरासीको गैँडाकोट नगरपालिका १० भेडावारी बस्ने बर्ष २३ को जनक कंडेल पनि गम्भिर घाईते भएका छन् । उनको नयाँ मेडीकल कलेज चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटरलाई प्रहरीले नियनत्रणमा लिएको छ ।