स्कुटर दुर्घटना,एकको मृत्यु,एक गम्भिर

चितवन : चितवनमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटरमा पछाडि सवार रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार घाईते भएका छन् ।
प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो । स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ३ः५० बजे भएको थियो ।
