आबुँखैरेनीमा सवारी दुर्घटना हुदाँ ९ जना घाईते

आबुँखैरेनीमा सवारी दुर्घटना हुदाँ ९ जना घाईते

आँबुखैरेनी, २४ कार्तिक । तनहुुँको आँबुखैरेनीमा आज बिहान भएको सवारी दुर्घटनामा ९ जना घाईते भएका छन् । गाउँपालिका कार्यालय अगाडी सडकमा बिहान सवा ११ बजेको समयमा ग १ प १८५ नम्बरको हरियो प्लेट भएको बसले पोखराबाट सुनौंलीको लागि छुटेको लु १ ख ४१९५ नम्बरको बसलाई पछाडीबाट ठक्कर दिदा ९ जना घाईते भएका हुन् । घाईते सबैको अवस्था सामान्य रहेको र सबै जना घाईतेको छिम्केश्वरी हस्पीटलमा सामान्य उपचार पछि घर फर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।