भारतीय हस्तक्षेप बिरुद्द इच्छाकामना गाउपालिकामा मोटरसाइकल र्‍याली सहित नरेन्द्र मोदिको पुत्ला जलाइयो।

भारतीय हस्तक्षेप बिरुद्द इच्छाकामना गाउपालिकामा मोटरसाइकल र्‍याली सहित नरेन्द्र मोदिको पुत्ला जलाइयो।

कार्तिक २४ मुग्लिङ,

भारतले नेपाली सिमा अतिक्रमण गरेको बिरोधमा चितवनको इच्छाकामनामा मोटरसाइकल र्‍याली सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइएको छ।

भारतीय हस्तक्षेप बिरुद्द चरणबद्द आन्दोलन गरिरहेका इच्छाकामनाका युवा हरुले आज इच्छाकामना गाउँपालिका ३ फिश्लिङ बाट मुग्लिङ सम्म मोटरसाइकल र्‍याली गरि मुग्लिङ बजारमा मोदिको पुत्ला दहन गरेकाहुन। नाराजुलुस सहित गरिएको र्‍यालीमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो।

इच्छाकामना गाउँपालिकाको चुम्लिङटार र मुग्लिङमा छुट्टाछुट्टै हुँदै आएको विरोधको कार्यक्रम आज संयुक्त रुपमा सम्पन्न भएको छ।