इच्छाकामना निवासी आँखाका विरामी शान्ता शेरचनलाई जापानबाट आर्थिक सहयोग।

विनोद श्रेष्ठ
कार्तिक २५ चितवन,
विगत लामो समयदेखि आँखामा समस्या भएकी चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन बस्ने शान्ता शेरचनको उपचारार्थ मनकामना दर्शन प्रा.लि. का पूर्व कर्मचारीहरुले जापानबाट झण्ढै ६१ हजार रुपैया संकलन गरी हस्तान्तरण गरिएको छ।
नेपालमा रहदा संगै काम गरेको साथीको आँखामा समस्या भएको र रकम अभावको कारण उपचारमा समस्या भएको जानकारी पाएपछि जापानमा बस्नुहुने सुन्दर थापा र पार्वती थापाले उपचारमा थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी पठाएको केबुलकारका कर्मचारी तारानाथ पन्तले बताउनुभयो ।
पुर्व कर्मचारी सुन्दर थापाले जापानबाट पठाएको रकम केबुलकारका कर्मचारीहरुको हातबाट विरामी शान्ता शेरचनको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । विगत लामो समय देखि मनकामना दर्शन प्रालिमा कार्यरत शेरचनले आँखामा समस्या आएपछि केबुलकारको जागिर समेत छोड्नुपरेको थियो ।
नेपालको विभिन्न ठाउँहरुमा पुगेर आँखाको उपचार गराउदा कुनै सुधार नभएपछि अन्तिम विकल्पको रुपमा भारतमा चेकजाच गराउन पुगेका थिए । भारतमा उपचार गरेपश्चात आँखामा केही सुधार भएपनि नियमित चेक जाच गर्न आर्थिक अभावका कारण जान नसकिरहेको विरामी शान्ता शेरचनले बताए । पहिलो पटक उपचारको लागि भारत जाने समयमा मनकामना दर्शन प्रा.लि., केबुलकार कर्मचारी संचयकोष, राजेन्द्रलामाले फेसबुकबाट चलाएको अभियान बाट गरी ६ लाख ५० हजार रुपैया सहयोग प्रदान गरिएको थियो ।
विरामी शान्ता शेरचनले आफ्नो आँखाको उपचारको लागि आर्थिक सहयोग गर्नुहुुने सम्पुर्ण सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
