भारतीय नागरिकद्वारा नेपालको प्रहरी चौकीमा बम विस्फोट प्रहरी जवान घाइते

भारतीय नागरिकद्वारा नेपालको प्रहरी चौकीमा बम विस्फोट प्रहरी जवान घाइते

रौतहट,२६ कात्तिक । रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ। जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। सेन्ट्री पोस्टमा बसेका यादव बम प्रहारबाट घाइते भएका हुन्। प्रहरीले बम प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ। रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दनकुमार छन्। उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ।