प्रहरी नियन्त्रणमा रहेको सेनाका जवान कडेँलको रहस्यमय मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

प्रहरी नियन्त्रणमा रहेको सेनाका जवान कडेँलको रहस्यमय मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

फिस्लिङ,१ मंसिर। प्रहरी नियन्त्रणम रहेका नेपाली सेनाका जवान राम कडेँलको रहस्यमय मृत्यु भएको छ । आज विहान ५ बजे इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसंग सामान्य विवाद भएपछि अस्थाई प्रहरी पोष्ट फिस्लिङको कार्यालय भित्र गएका कडेँलको प्रहरी हिरासतमै मृत्यु भएको हो ।
गाडी चालक सानुबाबु थापाका अनुसार गाडीबाट ओर्लिएपछि प्रहरी जवान ढकालसंग हातहालाहाल समेत भएको र त्यस पछि जवान ठाकुरले प्रहरी पोष्ट भित्र लिएर गएका थिए ।

प्रहरीका अनुसार पोष्टभित्र गएपछि शौैचालय गएको र लामो समय सम्म नआएपछि हेर्न जदाँ उक्त प्रहरी पोष्ट भवनको दुई तला माथिबाट तल खसेको अवस्थामा भेटिएका थिए ।
घाईते अवस्थामा भेटिएका कडेँलाई ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि  पु¥याएका थिए । त्यसपछि थप उपचारका लागि उनलाई भरतपुर लैजादैँ गर्दा बाटैमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोइरालाको टोलीले घटना भएको प्रहरी पोष्ट फिस्लिङ पुगी अनुसन्धान कार्य सुरु गरिएको छ । प्रहरी जवान ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रवक्ता
कोइरालाले जानकारी दिनुभयो । उहाँले पोष्टपार्टम रिर्पोटपछि सत्य तथ्य बाहिर आउने बताउनुभयो ।
मुग्लिन निवासी २८ बर्षिय  कडेँल नेपाली सेनामा कार्यरत थिए ।
अहिले स्थानीयले प्रहरी पोष्टमा ढुंगा मुडा गर्नका साथै सडक अवरुद्ध पारेका छन् । स्थानीयले प्रहरीले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् ।