सैनिक जवान मृत्यु प्रकरण:राष्ट्रिय मिडियामा प्रकाशित खवरले पिडित पक्ष लाई झन बढी पिडा मुग्लिङमा टायर बालेर सडक अबरुद्ध

मंसिर २ कुरिनटार,
इच्छाकामना गाउँपालिका ३ फिश्लिङ घटनामा ज्यान गुमाएका सैनिक जवान राम कंडेलको बारे राष्ट्रिय तथा केही मोफसलका मिडिया हरुमा प्रकाशित समाचार हरुले पिडित परिवार र स्थानीय लाई थप पीडा थपिदिएको र आज पोस्टमार्टम रिपोर्टमा पनि चल खेल गर्न खोजिएको भन्दै साझ करिव ४:५० बजे बाट मुग्लिङ बजारमा टायर बालेर न्यायको माग गर्दै सडक अबरुद्ध गरिएको छ।
मंसिर १ गते इच्छाकामना ठूलो पञ्चमी मेला हेरेर फर्कदै गर्दा सिविल ड्रेसका प्रहरी संङ सामान्य भनाभन भएको कारण सकुशल फिश्लिङ स्थित अस्थायी प्रहरी पोस्ट लगिएका कंडेल केही समय पछि प्रहरी पोस्ट भएको घर बाट पछाडी पट्टि गम्भीर हालतमा भेटिएका थिए। प्रहरिले सकुशल समातेर पोस्ट भित्र छिराएको मान्छे एका एक गम्भीर अबस्थामा दुई तला माथी बाट खसेको अबस्थामा भेटिए पनि जिल्ला प्रहरि कार्यलय चितवनले एकजना प्रहरी लाइ लछारेर भाग्न खोज्दा भिर बाट लडेर ज्यान गएको भन्दै राष्ट्रिय तथा स्थानीय मिडियामा सूचना संप्रेशण गरेको थियो।
केही राष्ट्रिय मिडिया हरुले चितवन प्रहरी र राष्ट्रिय समाचार समिति लाई आधार मान्दै मृतक सैनिक जवानले छुट्टीमा रहदा मेलामा गएर मदिरा सेवन गरि महिलामाथी दुव्र्यवहार गरेको कारण नियन्त्रणमा लिगेको र भाग्न खोज्दा लडेर ज्यान गएको भनी समाचार प्रेशित गरेपछी देशै भर सोही अनुसारको समाचार बाहिर आएको थियो।
रहस्यमय मृत्युको खवर इच्छाकामनाका स्थानीय मिडियाले यतार्थ खवर सम्प्रेषण गरेको भएता पनि राष्ट्रिय मिडियामा प्रकाशित खवरले पिडित पक्षलाई झन धेरै पीडा थपिदिएको हो। त्यस्तो किशिमका समाचार बाहिर आएपछी मृतकका आफन्त र स्थानीयले सामाजिक संजाल मार्फत त्यसको बिरोधि जनाइ रहेका छन।
नेपाल आर्मीमा कार्यरत राम कंडेल शान्ति सेनामा जाने तयारीमा रहेको बेला रहस्यमय तरिकाले ज्यान गुमाए पछि हिजो पनि पृथ्वी राजमार्ग अबरुद्ध गरि पिडित पक्षले न्यायको माग गरेका थिए। परिवार र स्थानीयले मृतक कंडेललाई प्रहरीले पिटि पिटि मारेको आरोप लगाएका छन। घटनामा संलग्न प्रहरी हरु लाई अहिले नियन्त्रणमा लिएर थप अनुसंधान भै रहेको चितवन प्रहरीले जनाएको छ।
तस्बिर: पत्रकार बिनोद श्रेष्ठ
