पत्रकार खेम भण्डारी पक्राउ, निर्मला पन्त हत्या प्रकरणमा नकारात्मक भुमिका खेलेको आरोप।

पत्रकार खेम भण्डारी पक्राउ, निर्मला पन्त हत्या प्रकरणमा नकारात्मक भुमिका खेलेको आरोप।

कुरिनटार,

निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । सामाजिक संजालको प्रयोगले घटनामा बारम्बार ट्विस्ट लेराउन सफल भएको आरोप लागेका उनले चर्चित पत्रकार रवि लामिछानेको कार्यक्रम सिधाकुरा जनता संङमा आइ गरेको संवाद झन धेरै भाइरल भएको थियो।

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए । उनलाइ एक रुपैया जरिवाना र एक घण्टा जेल सजाय हुने छ।