मुग्लिङ हाईवे हस्पिटलको स्थापना संगै दुर्घटनामा परेकाहरुको सहज उपचार

मुग्लिङ हाईवे हस्पिटलको स्थापना संगै दुर्घटनामा परेकाहरुको सहज उपचार

बिनोद श्रेष्ठ

मंसिर ४ मुग्लिङ,

इच्छाकामनाको ब्यस्त बजार मुग्लिङमा भवितव्यं र दुर्घटनामा परेका असाहाय हरुको  मुग्लिङ हाईवे हस्पिटलको स्थापना संगै सहज   ब्यबस्थापन हुन थालेको छ।

पृथ्वी राजमार्गको नौबिसे पोखरा खण्ड र मुग्लिङ नारायणगढको मध्य भागमा पर्ने मुग्लिङ बजार जहा दैनिक सरदर २२, २५ हजार सवारी साधनहरु गुडछन र मुग्लिङ बजार झरी हजारौ यात्रीहरुले सवारी बदल्छन। यस्तो ब्यस्त र चर्को सवारी चाप हुने मुग्लिङ बजारमा सवारी र यात्रीको चाप दिनप्रतिदिन बढे सगै भबितब्यमा आफ्नै कारणले बसबाट ओर्लदा वा चडदा, तिब्र गतिमा आएको सवारी साधनले साईड मिच्दा घाईते हुने सडक यात्री रमोटरसाईकल बाहकका साथै मुग्लिङ भई काठमाण्डौ, पूर्ब र पश्चिम यात्रा गर्ने यात्रीहरु यात्राको दौरान अचानक स्वास्थ्य समस्याले थलीएर उपचार खोज्न आउने ब्यक्तिहरुको चाप पनि दिन प्रतिदिन बढेको देखिन्छ।

मध्य रातमा रक्ताम्य भई उपचारका लागि आउने घाईते यात्रीहरुको उपचार गर्दा गर्दै कति पटक त सिङगो रातनै बिताउनु परेको कुरा हालै सेवा प्रारम्भ गरेका मुग्लिङ हाईवे हस्पिटलका हेल्थ असिस्टेन्ट श्री माधब बस्नेत बताउनु हुन्छ। घाईते यात्री र सेवाग्राहीहरुलाई सहज र सरल होस भनेर आफूहरुले रातभरनै फार्मेशी र आकस्मिक सेवा गार्‍हो  सारो हुदा पनि संचालन गरेको कुरा उहा बताउनु हुन्छ। कति यात्री सँग त उपचार गर्ने रकम समेत हुदैन भने कति को त जिम्मा लगाउने मान्छे समेत हुदैन। हामीले आबश्यक प्रार्थमिक उपचार गरेर अर्को सुबिधा सम्पन्न हस्पिटल काठमाण्डौ र भरतपुर पढाउने गरेको कुरा उहा बताउनु हुन्छ।

आपकालिन अबस्थामा गम्भिर चोट बोकी आउने यस्ता घाईतेहरुको उपचार सेवाको ब्यबस्थाको लागि राज्यले विशेष पहल गर्नु पर्ने कुरा स्थानीय त्रिवेणी युवा क्लबका अध्यक्ष श्री मुक्ति कुमार श्रेष्ठ बताउनु भयो।