मुग्लिन पुल देखि सत्रसयफाँट सम्म सरसफाई (फोटो फिचर)

मुग्लिन पुल देखि सत्रसयफाँट सम्म सरसफाई (फोटो फिचर)

आँबुखैरेनी, ६ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आँबुखैरेनी गाउँपालिकाले आज बिहान मुग्लिन पुल देखि सत्रसयफाँट सम्म सरसफाई गरेको छ । जिल्ला ब्यापी राजमार्ग सरसफाई कार्यक्रम अन्तर्गत गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा पृथ्वी राजमार्गको मुग्लिङ्ग पुल देखि सत्रसयफाँट सम्म बिहान ७ बजे देखि ९ बजे सम्म सरसफाई कार्यक्रम गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । सरसफाई कार्यक्रममा विभिन्न राजनैतिक दल, गाउँपालिकाका कर्मचारी, व्यापारी, स्थानीयबासी, टोल सुधार समिती, संघसंस्था, नेपाली सेना, नेपाल प्रहरी, क्लब, महिला समुह, सहकारी, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले गाउँपालिका भित्र, स्वदेशी तथा बिदेशी पर्यटक भित्राउनको लागि दीर्घकालिन रुपमा अन्य विभिन्न कार्यक्रम समेत गरीरहेको बताउनुभयो ।

तस्बिर : राम बहादुर धामी