धादिङ बैरेनीमा बस दुर्घटना एक जनाको ज्यान गयो १३ जना घाइते

धादिङ बैरेनीमा बस दुर्घटना एक जनाको ज्यान गयो १३ जना घाइते

मंसिर ८ धादिङ,

पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छि गाउँपालिका ६ बैरेनीमा यात्रुबस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने १३ जना घाईते भएका छन ।
काठमाण्डौ बाट मुग्लिन तर्फ आउदै गरेको बा २ ख ६२६८ नम्बरको बस अनिन्यत्रित भएर सडकमा पल्टदा घटना स्थालमै एक जनाको मृत्यु भएको हो । मृत्यु हुर्नेमा नुवाकोट घर भएकी डोल्मा तामाङ रहेको र घाईते भएका १३ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको बैरेनी प्रहरीले बताएको छ । बस  बिहान पख दुर्घटनामा परेको हो।

तस्बिर : सामाजिक संजाल