६ वटा बिभिन्न क्लबहरुद्धारा बिपन्न वर्गका करिब ३ सय जनालाई न्यानो कपडा बितरण

६ वटा बिभिन्न क्लबहरुद्धारा बिपन्न वर्गका करिब ३ सय जनालाई न्यानो कपडा बितरण

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी–३ मा रहेको ६ वटा बिभिन्न क्लबहरुले कपडा बैंक मार्फत बिपन्न वर्गका करिब ३ सय जनालाई न्यानो कपडा बितरण गरेको छ । लायन्स क्लब अफ आँबुखैरेनी अकलाका अध्यक्ष तुलसी खनालको सभापत्वि तथा डिस्ट्रिक ३२५ बी १ का सेक्रेटरी बिनोद ढुङ्गानाको प्रमुख आथित्यतामा सो कार्यक्रम गरिएको हो । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आँबुखैरेनीको ६ वटा सक्रिय क्लब लायन्स क्लब अफ आँबुखैरेनी स्टार, लायन्स क्लब अफ आँबुखैरेनी, लायन्स क्लब अफ आँबुखैरेनी अकला, लायन्स क्लब अफ आँबुखैरेनी सिटी, लियो क्लब अफ आँबुखैरेनी सिटी, लियो क्लब अफ आँबुखैरेनीले आँबुखैरेनी–२, ढकालटार, सत्रसय, गोरखाको पालुङ्गटार, धुवाकोट, जुम्लाङ्ग, देउराली, याङ्गकोट लगायत क्षेत्रका करिब ३ सय जना विपन्न वर्गलाई न्यानो कपडा बितरण गरेको हो । यी ६ वटा क्लबले गत कार्तिक २८ गते आँबुखैरेनीको विभिन्न टोलबाट कपडाहरु संकलन गरेर कपडा बैंक स्थापना गरेको थियो ।