आँबुखैरेनीमा ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभजन्मोत्सव भव्य रुपले मनाईयो

आँबुखैरेनीमा ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभजन्मोत्सव भव्य रुपले मनाईयो

आँबुखैरेनी :  तनहुँको आँबुखैरेनीमा शनिबार ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभ जन्मोत्सव भव्य रुपले मनाईएको छ । आँबुखैरेनी सत्यसाई केन्द्रले आँबुखैरेनी–३, तल्लोबजार स्थित केन्द्रको हलमा बिशेष कार्यक्रमको आयोजना गरी ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभ जन्मोत्सव भव्य रुपले मनाईएको हो । केन्द्रका अध्यक्ष मेख बहादुर श्रेष्ठको सभापतित्वमा आयोजित बाबाको ९४ औं जन्मोत्सव कार्यक्रममा शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म नगर किर्तन, ९ बजेबाट दिउँसो २ बजे सम्म भक्तजनहरुलाई प्रसाद बितरण, दिउँसो ४ बजे पछि सन्ध्याकालिन बाबाको भजन र केक काटेर शुभ जन्मोत्सव कार्यक्रम समापन गरिएको केन्द्रका उपाध्यक्ष किसान श्रेष्ठले जानकारी दिनुभयो । ॐ श्री सत्यसाई बाबाको जन्म सन १९६० नोभेम्बर २३ मा भारतको आंध्र प्रदेशको अनंतपुर जिल्लाको पुट्ट पर्थी गाउँमा भएको र २४ अप्रिल सन २०११ मा मृत्यु भएको थियो ।