महिला क्रीकेटमा नेपालले बनायो रेकर्ड माल्दिभ्स माथी ५ बलमै १० विकेटको जित

महिला क्रीकेटमा नेपालले बनायो रेकर्ड माल्दिभ्स माथी ५ बलमै १० विकेटको जित

मंसिर १५ पोखरा,

नेपालमा जारी १३ औं साग अन्तर्गत महिला क्रीकेटमा नेपालले माल्दिब्सलाई १० विकेटले हराएको छ।

पोखरामा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिब्सले १०.१ ओभरमा जम्मा १६ रनमात्र जोड्न सफल भएको थियो। जसमा दुई खेलाडिले मात्र रन जोड्न सके। धारिलो बलिङ गर्नी क्रममा नेपाल कि अन्जलि चन्दले २.१ ओभर बलिङ गर्दै कुनै रन नदिएरै ६ विकेट लिन सफल भइन यो क्रीकेटमा नया विश्व रेकर्ड पनि हो। जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले ५ बलमै लक्ष भेटाएको थियो।  खेलमा प्लेयर अफ दि म्याच  अन्जली चन्द भएकी छिन।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।