सिडियोले लिएको घुस सेवाग्राहीलाई फिर्ता गरेपछि ..

सिडियोले लिएको घुस सेवाग्राहीलाई फिर्ता गरेपछि ..

काठमाडौं  : दुई घटनाका ३ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लिएको १ लाख २५ हजार रुपैयाँ घुस फिर्ता गरेको अभियुक्त र उनका आफन्तले दाबी गरेका छन् ।

बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपीरहेका बाबु÷छोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले घुस लिएको आरोप लागेको थियो ।

कालिञ्चोक गाउँपालिका–१ का तामाङले प्रजिअ रिजाललले मंसिर १७ गते १४ हजार रुपैयाँ धरौटी रसिद काटेर लिएको र बाँकी ३५ हजार रकम बिनारसिद लिएर घर्रामा राखेको दाबी गरे ।

उदिम तामाङ र इन्द्रबहादुर तामाङलाई सार्वजनिक सुरक्षा मुद्दामा आवश्यक अनुसन्धानपछि प्रहरीले मंसिर १७ गते मंगलबार प्रशासनमा मुद्दा बुझाएको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार प्रकाशित छ ।