इच्छाकामनाका ७ वटै वडाध्यक्षद्वारा नागरिक सेवा उपलब्ध नगराउने घोषणा

इच्छाकामनाका ७ वटै वडाध्यक्षद्वारा नागरिक सेवा उपलब्ध नगराउने घोषणा

कुरिनटार,२२ मसिर । चितवनको इच्छाकामना गाउँपालिका २ नं। वडाका वडाध्यक्ष माथि भएको अमानविय व्यवहार प्रति इच्छाकामना गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्षहरुले गम्भिर आपत्ति जनाउदै विरोध जनाएका छन् । उनीहरुले आज एक विज्ञप्ति प्रकाशित गरेरै घटना प्रति आपत्ति जनाएका हुन् । उक्त घटनाले जनप्रतिनिधीहरुले असुरक्षित महशुस गरेको भन्दै दोषिलाई पक्राउ गरि कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । साथै दोषिलाई पक्राउ गरि आवश्यक कारवाही नगरेसम्म कुनै पनि नागरिक सेवाहरु उपलब्ध नगराउने घोषणा गरेका छन् । यो कुरामा सबै वडाध्यक्षहरुले सहमती जनाएको इच्छाकामना गाउँपालिका २ नं। वडाका वडाध्यक्ष बम बहादुर रानाले बताउनुभयो । स्मरण रहोस् गएराति इच्छाकामना गाउँपालिका २ नं। वडाका वडाध्यक्ष पञ्च बहादुर चेपाङ माथि केहि अराजक व्यक्तिहरुले आक्रमण गरि कुटपिट गर्नुका साथै कालोमोसो दली जुक्ताको माला समेत लगाईदिएका थिए ।