पुरुष फुटबलमा नेपाललाई स्वर्ण,भुटान २–१ ले पराजित

पुरुष फुटबलमा नेपाललाई स्वर्ण,भुटान २–१ ले पराजित

काठमाडौं  :  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जित्न सफल भएको छ ।मंगलबार दशरथ रंगशालामा भएको फायनल खेलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्ण उचालेको हो ।

नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको हो ।नेपालको तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए ।

यसैबीच, खेलको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपालको जित निश्चित गरे । भुटान नेपालसँग पराजित हुँदै रजत पदक प्राप्त गरेको छ । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।