नारायणगढ–मुग्लिन सडक मंसिर २७ देखि दुई साता बन्द गरिने

नारायणगढ–मुग्लिन सडक  मंसिर २७ देखि दुई साता बन्द  गरिने

चितवन :  नारायणगढ–मुग्लिन सडक खण्ड दुई साता बन्द हुने भएको छ । यही मंसिर २७ गते (शुक्रबार०देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज ९बुधबार० बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो रोकथामको कार्य गर्न लागेकोले सवारी साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका प्रवक्ता इन्जिनियर शिव खनालले नारायणी अनलाईनलाई जानकारी दिए ।

बन्दको समयमा यी स्थानहरुमा सवारी साधन रोकिने छन्ः