भोलि बिहिबार सार्वजनिक बिदा दिने निर्णय भइसकेको छैन : गृहमन्त्रालय

भोलि बिहिबार सार्वजनिक बिदा दिने निर्णय भइसकेको छैन : गृहमन्त्रालय

काठमाडौं :  भोली बिहिबार देशभर सार्वजनिक बिदा नभएको सरकारले जनाएको छ । मंसिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएको थियो ।

सो विषयमा केही समयअघि विभिन्न अनलाईन संचार मध्यामहरुमा बिहीबार सार्वजनिक बिदा भएको समाचार प्रकाशित भएको थियो । तर गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने नभइसकेको जानकारी दिए ।
‘भोलि (बिहीबार) सार्वजनिक बिदा दिने बारे कुनै जानकारी छैन, मन्त्रालयले पनि कुनै निर्णय गरिसकेको छैन,’ शर्माले भने, ‘अहिले केही भन्न सकिन्न ।’