वडाअध्यक्ष दुर्ब्यहार विरुद्ध नेकपाको २८ गते कुरिनटारमा बिरोध सभा

वडाअध्यक्ष दुर्ब्यहार विरुद्ध नेकपाको २८ गते कुरिनटारमा बिरोध सभा

कुरिनटार,

नेकपा इच्छाकामनाले आफ्नो पार्टी बाट निर्वाचित वडा अध्यक्ष तथा पार्टीको वडा २ का  सचिव पन्च बहादुर प्रजा र अध्यक्ष प्रकाश बुढाथोकी माथी भएको अमानवीय ब्यवहार बिरुद्द बिरोध सभा गर्ने भएको छ।

यहि २८ गते कुरिनटारमा प्रतिनिधि सभा सदस्य तथा प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापती कृष्ण भक्त पोखरेल लगायतको सहभागितामा बिरोध सभा गर्न लागिएको नेकपा इच्छाकामनाले जनाएको छ।  इच्छाकामना गाउँपालिका वडा २ का अध्यक्ष पन्च बहादुर प्रजा र वडा २ नेकपा का अध्यक्ष प्रकाश बुढाथोकी माथी केही दिन अगाडि वडाकार्यलय सार्ने बिषयमा विवाद हुदा नेपाली कांग्रेसका स्थानीय नेताको नेतृत्वमा वडा सार्न हुन्न भन्ने पक्षका स्थानीय हरुको संगलग्नतामा कालो मुसो दल्ने जुत्ताको माला लगाउने र कुटपिट समेत भएको थियो। केही आरोपित हरुलाइ अहिले प्रहरिले पक्राउ गरि अनुसंधान गरिरहेको छ भने नेपाली कंग्रेसले पक्राउको बिरोध गरिरहेको छ।