महेन्द्रनगरमा बम विष्फोट हुदाँ एकै परिवारका दुईको मृत्यु, प्रहरी इन्सपेक्टरसहित चार गम्भीर घाइते

महेन्द्रनगरमा बम विष्फोट हुदाँ एकै परिवारका दुईको मृत्यु, प्रहरी इन्सपेक्टरसहित चार गम्भीर घाइते

धनुषा,२८ मंसिर ।   क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । यद्यपि बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ । राजेश साहले ब्याजमा पैसा लगाउने गर्दथे । मिटरब्याजी भएको आरोपमा विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने प्रारम्भिक अनुमान छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।