अध्यक्षद्वय ओली–प्रचण्डको छलफल सकियो, दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक

काठमाडौं : आज दिउँसो प्रतिनिधिसभाको सभामुखको उम्मेदवारको बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्ने भएको छ । आज विहान नेकपाको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि नेकपाको सचिवालय बैठक बोलाइएको हो ।
सचिवालय बैठक दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकका सभामुखको उम्मेदवारको बारेमा छलफल हुने र सहमति जुटे निर्णय लिइने नेकपा स्रोतले बतायो ।
अध्यक्ष ओली र प्रचण्डबीच सभामुख उम्मेदवारको बारेमा छलफल भए पनि सहमति भए वा नभएको जानकारी गराइएको छैन । ‘दुई अध्यक्षबीच आज विहान लामै छलफल भएको छ ।
