यस्तो छ आजको मौसम : हिमाली भेगमा हिमपात, तराइमा हुस्सु

यस्तो छ आजको  मौसम :  हिमाली भेगमा हिमपात, तराइमा हुस्सु

काठमाडौं :  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहेको र भने अन्य पहाडी भूभागमा आंशिक बदली रही तराईमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।

आगामी २४ घण्टामा उच्च हिमाली भेगमा हल्का हिमपात हुने तथा तराईका केही स्थानमा हुस्सुरकुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार ९आज० दिउँसो पश्चिमी, मध्य र पूर्वी भागमा बदली रहने तथा पश्चिम र मध्यका उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

सोमबार राति पश्चिमी, मध्य र पूर्वी पहाडी भागमा बदली रही पूर्वी र मध्य तराईमा मौसम सामान्यतया सफा रहनेछ भने मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ ।

मंगलबार दिउँसो देशका अधिकांश भागमा बदली रही पश्चिमी र मध्य भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ ।

मंगलबार राति पूर्वी, मध्य र पश्चिमी भूभागमा बदली रही मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ ।

त्यसै गरी बुधबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईमा हुस्सुरकुहिरो रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार राति पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने र उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।