मिक्लाजुङमा बम विष्फोट

मिक्लाजुङमा बम विष्फोट

मोरङ :  जिल्लााको मिक्लाजुङमा बम विस्फोट भएको छ । आइतबार साँझ सो स्थानमा बम विस्फोट भएको हो ।स्थानीयका अनुसार निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको हो ।

विस्फोट कसले गरायो भन्ने स्पष्ट भइसकेको छैन । तर, प्रहरीले भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले विस्फोट गराएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

विस्फोटबाट भएको क्षति तथा अन्य विस्तृत विवरण आइसकेको छैन ।