मिनिट्रक दुर्घटना हुदाँ धादिङमा छ जनाको मृत्यु, १९ घाइते

धादिङ, ७ माघ । धादिङमा मिनिट्रक दुर्घटना भएको छ। मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। घटनामा १९ जना यात्रु घाइत छन्।
घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए। ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।
