गोरखामा लागु औषधको कारोवार गरेको आरोपमा तीन जना पक्राउ

गोरखाः जिल्लाको अजिरकोट गाउँपालीकामा लागु औषधको कारोवार गर्ने तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएका प्रहरी टोलीले मंगलबार उनीहरुलाई अजिरकोट गाउँपालिका ५ रातामाटाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय गोरखाका अनुसार चितवन महानगरपालिका ९ बस्ने २४ बर्षिय गणेश भुजेल, दाप्चा नगरपालिका ४ कार्भेका १९ बर्षिय सागर तामाङ, र अजिरकोट गाउँपालिका ५ बस्ने ४२ बर्षिय नर बहादुर नेपाली पक्राउ परेका हुन् ।
तामाङ र भुजेललाई प्रहरीले छ सय ग्राम गाँजासहित पक्राउ गरेको हो भने उनीहरुलाई गाँजा बिक्री गरेको आरोपमा नेपाली पक्राउ परेका जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागु औषध गाँजा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।
