सांसद राजिव गुरुङ(दिपक मनांङे) बिरुद्ध प्रहरिमा जाहेरी दर्ता

सांसद राजिव गुरुङ(दिपक मनांङे) बिरुद्ध प्रहरिमा जाहेरी दर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’विरूद्ध प्रहरीमा जाहेरी दिएका छन्।

गुरुङले मनाङेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै जाहेरी दिएका हुन्।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले मनाङेविरूद्ध जाहेरी आएको पुष्टि गरे।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङे मंगलबार गुरुङलाई झापड हानेका थिए।मनाङेले मुक्का र लात्ती हानेको गुरुङले आरोप लगाए।

उनका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए।