सर्वशान्ति मा.वि. कुरिनटारमा लाग्यो विद्यार्थीको ताला पठनपाठन अवरुद्ध( भिडियो )

कुरिनटार : इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा शिक्षक अभावले पढाइ हुन नसकेपछि आज विद्यार्थीहरुद्वारा ताला बन्दी गरिएको छ।
vdo
इच्छाकामना गाउँपालिकाको अग्रणी शैक्षिक संस्था मध्यको सर्वशान्ति माध्यमिक विद्यालयमा शिक्षाको राष्ट्रियनिति अनुरुप गोल्डेन हेन्ड्सेकमा परेका शिक्षक क्षणिक समयको लागि विद्यालय प्रशासन बाट पुन नियुक्त गरि पठनपाठन हुँदै आएको थियो। गोल्डेन हेन्ड्सेक लिएरपनि केही शिक्षकले पुनः अस्थायी नियुक्ती पाए पछि शिक्षक हटाउन अख्तियारमा मुद्दा परेका कारण गाउँपालिकाबाट गोल्डेन हेन्ड्सेकमा परेका शिक्षक तुरुन्त हटाउन विद्यालयमा पत्र पठाएको कारण ती शिक्षक बहिर्गमित भए पछि पठनपाठनमा समस्या परेको हो।
अस्थायी नियुक्ति लिएर पठनपाठन गरिरहेका शिक्षकलाई विद्यालय प्रशासनले आफै बोलाएको भएता पनि बाहिरबाट निकाल्न विभिन्न तवरले दावाब आउन थाले पछि शिक्षकहरु स्वत : विद्यालय आउन छाडेका थिए। सोही कारण अहिले विद्यालयको नियमित पठनपाठन प्रभावित भएको छ। चार जना शिक्षक अभाव रहेको सर्वशान्ति माध्यमिक बिद्यालयमा परिक्षाको मुखमा पठनपाठन ठप्प भए पछि बिद्यार्थी आन्दोलित भएका हुन्।
आन्दोलनरत बिद्यार्थी र विद्यालय प्रशासनबिच छलफल गरि प्रशासनले आउदो मंगलबार सम्म रिक्त विषय हरुको पठनपाठन सुचारु गरिने प्रतिवद्धता पछि विद्यार्थी घर फर्किएका छन। बिद्यार्थीहरुको माग भने यो शैक्षिक वर्ष लाई पुरानै शिक्षकलाई पुनर्वाहाली गर्नु पर्ने रहेको छ।
