चितवनको पर्यटकीय नगरी सौराहामा थपियो ‘सेभेन पोइन्ट टुर प्याकेज’

चितवनको पर्यटकीय नगरी सौराहामा थपियो ‘सेभेन पोइन्ट टुर प्याकेज’

चितवन :  सौराहाका व्यवसायीले सौराहाबाहिरका चितवनका पर्यटकीय सात स्थानलाई समेटेर ‘सेभेन पोइन्ट टुर प्याकेज’ तयार पारेका छन् ।‘सेभेन पोइन्ट टुर प्याकेज’मा सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष र त्यहाँ रहेका जङ्गली अखेटोपहारको सङ्ग्रहालय, बछ्यौलीको थारू सांस्कृतिक सङ्ग्रहालय, चित्रसारीको चित्रसेन बाबा मन्दिर, रत्ननगर जिरौनाको कृष्ण प्रणामी मन्दिर ९धर्मधाम०, भरतपुरको तीनखोले गुम्बा, देवघाटधाममा रहेको गलेश्वर आश्रम र नारायणी नदी किनार रहेका छन् ।

जङ्गल सफारीमा मात्रै सीमित देशकै तेस्रो पर्यटकीय गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गर्दै तयार उक्त नयाँ प्याकेज ल्याइएको हो ।

यसलाई व्यवसायीले सौराहाको ‘न्यू प्रोडक्ट’का रूपमा लिएको बताएका छन् । व्यवसायीको संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले यसको नेतृत्व लिएको छ ।

‘सेभेन पोइन्ट टुर प्याकेज’को चर्चा धेरै अघिदेखि हुँदै आए पनि अहिले यसलाई कार्यान्वयनमा ल्याएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताएको समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।