इच्छाकामनामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु (फोटो फिचर)

इच्छाकामनामा राष्ट्रपति रनिङ्ग  शिल्ड  खेलकुद प्रतियोगिता शुरु  (फोटो फिचर)

हीरालाल गुरुङ

मुग्लिन,१३ माघ । चितवनको इच्छाकामनामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा त्रिवेणी वराह मावि इच्छाकामना ५ मुग्लिनको खेलकुद मैदानमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गरिन्  ।प्रतियोगितामा गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुको सहभागिता रहेका छन् ।


प्रतियोगिता अन्तरगत छात्रा तर्फ भलिबल , १०० र २०० मिटर दौड छात्र /छात्रा, सटपुट छात्र/छात्रा तेकान्दोका खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थी खेलाडीहरुको सहभागि रहेका छन् ।

यसैबिच आज भएको दौड प्रतियोगितामा छात्र तर्फ २०० मिटर दौडमा प्रगती पाठशाला कुरिनटारका केशव कडेँल प्रथ भएका छन् । यसैबिच सर्वशान्ति माविका दिनेश प्रजा र त्रिवेणीका बल बहादुर थापा क्रमश द्धितिय र तृतिय भएका छन् ।
२०० मिटरकै दौड अन्तरगत छात्रा तर्फ पनि प्रगति पाठशाला कुरिनटारकै प्रमिसा गुरुङ प्रथम भएकी छिन् । त्रिवेणीकी  प्रतिमा थापा र माझ गाउँ माविकी  रजिना गुरुङ क्रमश द्धितिय र तृतिय भइन् ।


१०० मिटरको छात्र दौड तर्फ पनि प्रगति पाठशालाकै सञ्जय कडेँलले प्रथम स्थान हासिल गरे । सर्वशान्तिका दिनेश प्रजा र हात्तिवाङ राष्ट्रिय माविका कृष्ण गाहा मगर क्रमश :  द्धितिय र तृतिय भएका छन् ।

यसैबिच १०० मिटर छात्रा तर्फ  सर्वशान्ति मावि कुरिनटारकी  सपना राई प्रथम भईन् । प्रगती पाठशालाकी  सप्सना सिलवाल र  माझ गाउँ माविकी रजिना गुरुङ क्रमश : द्धिति र तृतिय भईन् ।
आजै भलिवल तर्फका खेलहरु पनि सुरु भएका छन् । भोली मंगलबार सम्म प्रतियोगिता चल्ने वित्रेणी वराह मावि मुग्लिनका शिक्षक खुमप्रसाद  पन्तले जानकारी दिए ।प्रतियोगिताको संयोजन त्रिवेणी वराह मावि मुग्लिनले गरेका छन् ।