सर्वशान्ति मा.वि स्वर्ण महोत्सवमा भोली शुक्रबार पशुपती शमाको प्रश्तुती रहने

कुरिनटार,१७ पुष । चर्चित लोकदोहोरी गायक पशुपती शर्मा भोली शुक्रबार कुरिनटार आउने भएका छन् । सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारको स्वर्ण महोत्सवको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा प्रश्तुती दिन आउने भएका हुन् । भोली पशुपती शर्मा सहित स्थानीय कलाकारहरुको प्रश्तुती रहने छन् । साथै साहित्यक रचना तथा विद्यालयका विद्यार्थीहरुबाट पनि प्रश्तुती सगैँ विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने प्रचार प्रसार संयोजक रुद्र उप्रेतीले जानकारी दिए ।
आज बिहिबार पूर्णकला विसि चन्द्र परियार, निश्चल थापा लागयतको प्रश्तुती रहेका थिए । साथै आज भूपू विद्यार्थीहरुको पुर्नमिलन तथा सम्मान कार्यक्रपनि भएको थियो ।
१३ देखि सुरु भएको स्वर्ण महोत्सव १९ गते सम्म चल्ने छ । महोत्सवको नेपाल कम्यूनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्य्घाटन गरेका हुन् । समापनमा भने १९ गते नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रवक्ता विश्वप्रकास शर्मा आउने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी सापकोटाले जानकारी दिए
