इच्छाकामना तेक्वान्दो डोजांंगको विजयी र्‍याली, सांसद कृष्ण भक्त पोखरेलले दिए बधाई

इच्छाकामना तेक्वान्दो डोजांंगको विजयी र्‍याली, सांसद कृष्ण भक्त पोखरेलले दिए बधाई

कुरिनटार – भारतको आसनसोलमा भएको प्रथम इन्डो- नेपाल खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा  इच्छाकामना  गााउँपालिका  बाट सहभागी १३ जनालेनै पदक जित्न सफल भएपछि आज इच्छाकामना को प्रमुख बजारमा विजेता खेलाडी सहित विजय र्‍याली गरिएको छ।

गत डिसेम्बर २९ देखि ३१ सम्म प्रथम पटक भारत पश्चिम बंगाल राज्यको आसनसोलमा सम्पन्न प्रतियोगितामा समग्रमा नेपाल दोश्रो भए पनि इच्छाकामना तेक्वान्दो डोजांग बाट सहभागी सबै १३ जना खेलाडिले पदक जित्न सफल भएका थिए । पदक जित्ने  इच्छाकामना तेक्वान्दो डोजांङका खेलाडी हरुमा:-

१. भुवन लामा =    स्वर्ण – १ (fight)

२. मेलिना गुरुङ =    स्वर्ण – १ (fight)

३. विकास  मगर =   स्वर्ण – १(fight),कास्य -१ (poomsae)

४. सुरज श्रेष्ठ =   स्वर्ण – १(fight)

५. सुप्रीका गुरुङ =  रजत – १(fight)

६. हेमन गुरुङ =  स्वर्ण – १(fight), रजत-१(poomsae)

७. जोशमिया थापा= रजत -१(fight), कास्य-१(poomsae)

८. जिकेश थकाली = कास्य – १ (fight)

९. होलिना गुरुङ = स्वर्ण  – १ (fight)

१०. बिष्णुमाया थापा = रजत -१(fight), रजत-१( poomsae)

११. सागर तिवारी    = रजत – १(fight), कास्य-१(poomsae)

१२. सम्पुर्ण कु. थापा = रजत – १(fight), कास्य-१(poomsae)

१३. जस्मिन थापा मगर = स्वर्ण -१(fight), स्वर्ण-१(poomsae)

बिजेता खेलाडी हरु संङ आज कुरिनटारमा फोटो खिचाउदै प्रतिनिधि सभाको लागि यसै क्षेत्रबाट बिजयी सांसद कृष्ण भक्त पोखरेलले खेलाडी र टिम म्यानेजमेन्ट लाई  बधाइ दिनु भएको थियो।