प्रथम सहिद लखन थापाको स्मृतिमा मनकामना – बुंकोट म्याराथन दौड प्रतियोगिता हुने

प्रथम सहिद लखन थापाको स्मृतिमा मनकामना – बुंकोट म्याराथन दौड प्रतियोगिता हुने

सहिद लखन गाउँपलिकाको पबित्र धार्मिक स्थल मनकामना मन्दिर देखि नेपालको प्रथम सहिद लखन थापाको जन्मस्थल बुंकोट काहुले भंगार सम्म म्याराथन दौड प्रतियोगिता हुने भएको छ।

सहिद लखन गाउपालिकाको निर्णय अनुसार भ्रमण बर्ष सन २०२० लाई लच्छित गरि यसै साल दौड प्रतियोगिता गर्न लागेको हो। आगामी बर्षमा भने प्रत्येक फागुन २ गते लखन स्मृती दिवसको अवसरमा दौड प्रतियोगिता हुने छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार म्याराथन दौड प्रतियोगिता गर्न ४२ किमि हुनु पर्ने भएकोले अहिले मनकामना देखि बुंकोट सम्मको दुरि मात्र ३० किमि भित्र रुट मिलाएर कम्तिमा ४२ किमि लामो रुट बनाउन प्राविधिक टोलि सहितले अनुसन्धान गरिरहेको गाउँपालिकाले बताएको छ।