अध्यक्ष गिता कुमारी गुरुङ द्वारा ” कालो नैवेद्य ” कविता संग्रहको विमोचन

अध्यक्ष गिता कुमारी गुरुङ द्वारा ” कालो नैवेद्य ” कविता संग्रहको विमोचन

इच्छाकामना ४ कुरिनटारमा संचालित सर्व शान्ति मा वि को ५० औं वर्षिकोत्सव तथा स्वर्णमहोत्सव (२०७६पौष १३- १९ ) को कार्यतालिका अनुसार पौष १८ गते विविध साहित्यिक कार्यक्रम अन्तर्गत कविता प्रतियोगिता साथै इच्छाकामना साहित्य प्रवाह द्वारा प्रकाशित कवि कृष्णप्रसाद पोखरेल द्वारा रचित ” कालो नैवेद्य ” कविता संग्रहको विमोचन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गा पा अध्यक्ष गिताकुमारी गुरुङ तथा अन्य विशिष्ट अतिथि एवं साहित्यकारहरुको बाहुली बाट सो कृतिको विमोचन गरिएको थियो । विमोचन पछि कवि कृष्णप्रसाद पोखरेलले कृतिका वारेमा प्रकाश पार्दै “आफ्ना ४० वर्ष लामो जीवनका उर्वर समय खर्चेको यस विद्यालयमा स्वर्ण महोत्सवको अवसर पारेर आफ्ना भोगाई, चिन्तन र विचारको प्रतीक ” कालो नैवेद्य ” कविता संग्रह विमोचन गर्न पाउँदा अत्यन्त हर्षानुभुती भएको धारणा राख्नुभयो । उहाँले प्रकाशकीय भूमिकामा रहनुभएका सबैलाई हार्दिक धन्यवाद सहित उक्त कविता संग्रह बाट एउटा कविता वाचन गर्नु भएको थियो।

कविता संग्रह माथी समीक्षात्मक टिप्पणी राख्नुहुँदै कवि तथा समालोचक डा. धनेश्वर भट्टराईले ” निर्मल जल तरङ्ग जस्तो आत्मानुशासित र निष्टावान कविहृदय बाट निस्सृत कविताहरु कविको विचार,व्यवहार र जीवनशैली अनुरुप अनुभवको आरनमा अर्जापिएर चिन्तनको चास्नीले लछप्प भिजेको हुँदा रचना सुन्दर हृदयग्राही बनेर आएको धारणा राख्नु भयो । उक्त अवसरमा अर्का बरिष्ट कविनारायण प्रसाद पोखरेलले ” कालो नैवेद्य ” भित्र बाट एक कविता समेत आफ्ना मौलिक रचना ” मैले पढेको किन ? ” वाचन गर्नुभएको थियो। मौसमका कारण कार्यक्रम धिलो संचालन भएको हुँदा कविता प्रतियोगिता साँझ पख मात्र संपन्न भएको थोयो ।
कविता प्रतियोगितामा जम्मा १४ जनाले आफ्ना विविध रचना पाठ गर्नुभएको थियो ।जसमा प्रथम, द्वतीय, तृतीय तथा सान्त्वना स्थान क्रमस विमला अधिकारी, भरत बाबु ढकाल, विजय तामाङ तथा सान्त्वना राजेन्द्र सिंखडा र खुसी पौडेल ले प्राप्त गर्नुभएको थियो । प्रथम, द्वितीय , तृतीय र सान्तोना स्थान प्राप्त गर्ने प्रतिभाहरुलाई उक्त अवसरमा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।