गण्डकी गाउँपालिकाको एक विद्यालयमा यूवक झुण्डिएको अवस्थामा मृत फेला

गण्डकी गाउँपालिकाको एक विद्यालयमा यूवक झुण्डिएको अवस्थामा मृत फेला

गोरखा,२५ पुस । गोरखाको एक विद्यालयमा यूवक  झुण्डिएको अवस्थामा भेटिएको छ ।

गण्डकी गाउँपालिका १ बुटारमा रहेको श्री जनजागृति प्राथमिक विद्यालयको भ¥याङमा   अन्दाजी २२/२४ बर्षको अपरिचित यूवक झुण्डिएको अवस्थामा  मृत भेटिएको हो । विहान ९ बजेको समयमा विद्यार्थीहरुले देखेपछि शिक्षक र स्थानीयलाई खबर गरेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी चौकी राइनाशको टोली घटनास्थलमा पुगेका छन् ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी घटनास्थल आउदैँ गरेको राइनाश प्रहरीले जनाएको छ।