माथिल्लो ग्याजामा भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा फिस्लिङद्धारा आयोजक सिर्जना क्लब पराजित

माथिल्लो ग्याजामा भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा फिस्लिङद्धारा आयोजक सिर्जना क्लब पराजित

गोरखा, २५ पुस । माथिल्लो ग्याजामा भलिबल प्रतियोगिता आज देखि सुरु भएको छ । मगर संक्रान्तिको अवसर पारेर श्री सृजना यूवा क्लब सहिद लखनगाउँपालिका ३ गोरखाको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आज सगरमाथा यूवा क्लब इच्छाकामना ३ फिस्लिङले लगातार २ –० को सोझो सेटमा आयोजक सिर्जना यूवा क्लब माथिल्लो ग्याजा ‘बी’ लाई पराजित गरेको आयोजक सिर्जनाक्लबका सचिव पुकार थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले रु २० हजार नगद मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव पुकार थापाले जानकारी दिनुभयो ।