उद्योग बाणिज्य संघ चितवनको चुनाव कांग्रेस समर्थित प्यानलको छक्का पन्जा जिल्लियो नेकपा समर्थित प्यानल

उद्योग बाणिज्य संघ चितवनको चुनाव कांग्रेस समर्थित प्यानलको छक्का पन्जा जिल्लियो नेकपा समर्थित प्यानल

उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि नयाँ ध्रुविकरण भएको छ । राजु श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका चुननारायण श्रेष्ठले मनोनय दर्ताको भोलीपल्ट शनिवार समिकरण फेरेर अध्यक्षमा ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेको घोषणा गरेका छन् । नारायणगढको होटल रेड कार्पेटमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफू शाक्यको प्यानलमा रहेको बताए ।

यसअघि शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिएका विष्णु कंडेलले उम्मेद्वारी फिर्ता लिने भएका छन् । उनको उम्मेद्वारी फिर्ता संगै चुननारायण निर्विरोध हुने पक्का भएको छ । यस्तै निर्विरोध उपाध्यक्ष भएका सुमन कुमार श्रेष्ठ र भोजराज कौडेल पनि शाक्यको पक्षमा उभिएका छन् ।